तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी प्रविधिक ल्याउने सम्बन्धी मापदण्ड जारी

काठमाडौं । उद्योग मन्त्रालयले नेपालको उद्योगमा प्रयोग गरिने विदेशी प्रविधिक ल्याउने सम्बन्धी मापदण्ड जारी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीस्तरीय निर्णयबाट जारी भएको मापदण्ड बमोजिम उद्योगको मर्मत गर्न प्रविधि परिर्वतन गर्न नेपालीले गर्न नसक्ने अवस्थामा विदेशी प्राविधिक ल्याउनका लागि त्यस्तो मादण्ड जारी गरिएको हो ।

त्यसका लागि उद्योगहरले उद्योग विभागमा आवेदन दिनुपर्ने र सीमा नाका तोकेर अनुमति दिने, र छोटो अवधसको लागि मात्र अनुमति दिने व्यवस्था रहेको उद्योग सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनु भयो ।

त्यसरी सविदेशी प्रविधिक ल्याउदा ७२ घण्टा भित्र प्राप्त गरेको पिसिआर रिर्पोट लिएर तोकिएको नाका प्रयोग गरी नेपालको क्वारैन्टाइनमा बसेर मात्रै उद्योगहरुमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको पनि सचिव घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button