नेपाल र बंगलादेशबीच सौविद्य व्यापार सम्झौताका लागि तयारी शुरु
काठमाडौं । नेपाल र बंगलादेशबीच सौविद्य व्यापार सम्झौताका गर्ने सम्बन्धी तयारी शुरु भएको छ ।
नेपाल र बंगलादेशमा उत्पादित सामाग्रीहरुको एक अर्का देशमा सहज निर्यात सुविधाका लागि दुवै देशले सौविद्य व्यापार सम्झौता गर्नका लागि तयारी अघि बढाएका हुन् । त्यसका लागि यही साउन ३२ गते दुवै देशका सचिव स्तरीय बैठकको आयोजना गरिएको बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
नेपालले सौविद्य व्यापारका लागि चिया, अदुवा, अम्लिसो, दुग्धजन्य पदार्थ, अलैंची, धागो, कफी लगायत विभिन्न २० वटा वस्तुहरुमा बंगलादेश निर्यातका लागि शुन्य भन्सार सुविधा हुनुपर्ने प्रस्ताव गरेको बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्