तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आज थप ९८ जनामा कोरोना संक्रमण

सुनसरी । प्रदेश १ मा आज ९८ जनामा कोरोना (कोभिड–१९) संक्रमण देखिएको छ ।

संक्रमितहरू मध्ये ६४ जना पुरूष र ३४ जना महिला रहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना र ताप्लेजुङ्ग र इलाममा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएकाहरू मध्ये मोरङको विराटनगरमा २१ महिला र २९ पुरूष, बेलबारीमा १ पुरूष र बुढिगंगामा १० पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको धरानमा २ महिला र २ पुरूष, दुहवीमा २ महिला र ५ पुरूष, देवानगञ्जमा ३ पुरूष, हरीनगर १ पुरूष र इनरूवामा १ पुरूष रहेका छन् ।

उदयपुरमा बेलकाका ४ महिला र ३ पुरूष, त्रियुगाका ३ महिला र ५ पुरूष रहेका झापाको मेचिनगरका १ महिला र १ पुरूष, इनरूवाको नाम नखेलेको १ जना रहेका ताप्तेजुङको फुङ्गलिङ्ग र इलामको सुरूयोदयका १ –१ जना पुरूष रहेका समाजिक विकास मन्त्रालयको अपडेटमा उल्लेख गरीएको छ ।

कोभिड–१९ परीक्षणमा ९८ जनामा संक्रमण देखिएको प्रदेश १ मा हाल सम्म ५६ हजार ४ सय १६ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ६२ जनालाइ कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button