बीरगंजमा थप ७० जना सङ्क्रमित : पर्साका ६५ र बाराका ५ जनामा कोरोना सङ्क्रमण

बीरगंज । बीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणकोक्रममा गए राति थप पर्साका ६५जना र बाराका ५ जनासहित ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुनेहरूमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित ३ बर्षीया बालीकादेखि ८६ वर्षीय वृद्धसम्म रहेका छन् ।
सङ्क्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
सङ्क्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ जना, जिल्ला प्रहरी कार्यालय पर्साका १ जना, सशस्त्र प्रहरी बारा निजगढका १ जना गरी १० जना सुरक्षाकर्मी रहेका छन् भने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका ३ जना चिकित्सक तथा स्वास्थ्यकर्मी समेत सङ्क्रमित भएका छन् ।
त्यसैगरी नारायणी अस्पतालको क्वाटरमा रहेकी ५ बर्षीया बालिकासहित ३ जना, वीरगन्ज माईस्थानका ३ जना, बीरगंज बिर्ताका ८६ वर्षीय वृद्ध सहित ९ जना, छपकैयाका ५ जना रहेको छन् ।
त्यसैगरी सङ्क्रमित हुने हरुमा बीरगंजको नगवा,आदर्शनगर,रामटोल, मुर्ली, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघर, लगायतका क्षेत्रका बासिन्दा रहेका छन् ।
त्यसैगरी सङ्क्रमित हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ का ३ बर्षीया बालिका सहित ३० बर्षीया महिला गरी २ जना, पर्साको धोबिनी गाउँपालिका वाडा नम्बर ३ का १ जना रहेका छन् । सङ्क्रमित हुनेमा बारा जितपुर सिमराका ४५ बर्षिय पुरुष सहित बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाहीका १ जना, पथलैया र कुटुवा बाराका थप १÷१ जनामा सङ्क्रमण पुष्टि भएको कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्