तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विषेश अस्पताल जनकपुरधाममा उपचारको क्रममा एक जनाको मृत्यु

जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विषेश अस्पतालमा विगत १८ दिन देखि उपचारमा रहनु भएका एक जना कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।

पि सि आर परीक्षणवाट कोरोना संक्रमणको पुष्टि भएर उपचारमा रहनु भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको कोरोना विशेष अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनुभएको छ ।

कोरोनाको लक्ष्णको रुपमा रहेको ज्वरो सहित भर्ना भएका ती पुरुष टि भि रोगले ग्रसित रहनु भएको पनि संयोजक डा. सिंहले जानकारी दिनुभयो । उहा गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भए देखि उपचार हुदै आएकोमा आज विहान २ बजे मृत्यु भएको कोरोना विषेश अस्पतालले जानकारी दिएको छ ।

अहिले कोरोना विषेश अस्पतालको आईसोलेशन सहित सवै शैयाहरु भरिएको संयोजक डा. सिंहले जानकारी दिनुभयो । अहिले अस्पतालमा रहेको ८ वटा आईसोलेशन वार्ड तथा ४५ वटा अन्य शैयाहरु भरिएका छन् । अहिले ५३ जना कोरोना संक्रमितको उपचार कोरोना विषेश अस्पतालमा भइरहेको छ ।

कोरोना विषेश अस्पतालमा आएका मध्ये ५० प्रतिशतमा अहिले कोरोनाको विभिन्न लक्ष्णहरु देखिन थालेको छ । कोरोना विषेश अस्पतालमा गंभिर प्रकृतिको विरामीलाई मात्र उपचारका लागि भर्ना गर्ने गरेको छ ।

विना लक्षण भएकाहरुलाई धनुषा जिल्लाको नगराईन नगरपालिकाको गंगुलीमा रहेको आईसोलेशन सेन्टर तथा सपहीको रमदैयामा रहेको पोलिटेक्नीक अस्पतालको आईसोलेशनमा गरेर करिव १ सय २० जना कोरोनाका संक्रमित विरामीहरु उपचारमा रहनु भएको पनि डा सिंहले जानकारी दिनुभयो । ती दुवै आईसोलेशन पनि प्रादेशिक अस्पतालले नै हेर्ने गरेको छ ।

मृतकको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको बताउदै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले शव व्यवस्थापन पछि कन्ट्रयाक्ट ट्रेसिंग समेत थालिने जानकारी दिनुभयो । धनुषामा कोरोना संक्रमणका कारणले हालसम्म मृतकको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button