धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि
बागलुङ-धौलागिरी अस्पतालका थप दुईजना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रादेशिक प्रयोगशला पोखरामा गरीएको परीक्षणमा एकजना स्टाफ नर्स र एकजना एचएमा संक्रमण रहेको पुष्टि भएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । उनीहरु दुवै जना संक्रमितको उपचारमा संलग्न थिए ।
केही दिन पहिला बागलुङको जैमिनी नगरपालिकाबाट काजमा धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसनमा खटिएकी स्टार्फ नर्समा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका उनीहरुसहित ३२ जनाको स्वाव आईतबार परीक्षणका लागि पठाईएको थियो ।
बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको पोखरेलले जानकारी दिनुभयो । संक्रमित दुबै लाई अस्पतालको आईसोलेसनमा राखिने पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्