तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकद्वार प्रणाली प्रयोगमा ल्याइने

काठमाडौं । भन्सार विभागले भन्सार जाँचपासलाई छिटो छरितो र अन्तराष्ट्रिय स्तरको बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली प्रयोगमा ल्याउने भएको छ ।

इन्टरनेटमा आधारित नयाँ भन्सार जाँचपास प्रणाली लागु भएपछि अन्तराष्ट्रिय व्यापार र पारवहन सम्बन्धि सबै पक्षले कार्यालय वा घरबाटै कारोबार गर्न सक्ने विभागले जनाएको छ ।

अहिले आयात, निर्यात र पारवहनसँग सम्बन्धी कामका सेवाग्राहीले सबै कागजात बोकेर तीन दर्जन कार्यालयमा पुग्नुपर्ने अवस्था अन्त्य भै एउटै बिन्दुबाट एकै पटक सेवा दिन गरी नयाँँ भन्सार प्रणाली प्रचलनमा ल्याउन लागिएको विभागका महानिर्देशक सुमन दाहालले बताउनु भयो ।

भन्सार जाँचपासको कागजपत्रका लागि विभिन्न निकाय चहार्दा लाग्ने समय र कार्यालय पिच्छे हुने बिलम्ब हटाउन र कारेवार लागत घटाउन विद्युतीय एकद्धार प्रणालीले महत्वर्पूण सहयोग पुग्ने भन्सार विभागले जनाएको छ ।

एकद्दार प्रणालीको पहिलो परीक्षण आगामी दूई महिना भित्रमा गर्ने गरी आवश्यक तयारी भएको महानिर्देशक दाहालले बताउनु भयो ।

भन्सार पाच्ाँपास प्रक्रियामा आवद्द हुने विभिन्न ४२ निकायहरु मध्ये पहिलो चरणमा विभिन्न २१ वटा निकायहरुलाई विद्युतीय एकद्वार प्रणालीमा जोडने र अन्यलाई क्रमश गरी आगामी वर्षको साउनबाट प्रणाली पूर्ण रुपमा सञ्चालनमा आउने महानिर्देशक दाहालले बताउनु भयो । विभागले विश्व बैकको सहयोगमा प्रणालीको विकास गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button