तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नदीले बगाउँदा एक जनाको मृत्यु

सल्यान । शारदा नदीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर पोखराका २५ वर्षीय लेवाराम रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार बिहान शारदा नदी तरी खेतमा जानेक्रममा शारदा नदीले बगाएको प्रहरीको भनाई छ । उनको शव दलपुरेमा फेला परेको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button