तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी कार्यालय चितवनका कर्मचारी क्वारेनटिनमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरलाई केही दिनका लागि सिल गरिएको छ । चितवनका दुई प्रहरी र एक बन्दी (थुनुवा) मा कोरोना संक्रमण देखिएसँगै सिल गरिएको हो ।

त्यस्तै चितवन जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेनटिनमा राखिएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय,चितवनमा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेनटिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय भित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button