तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा थप ४२ जनामा कोरोना संक्रमण

सुनसरी । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १६ जना थपिएका छन् भने सुनसरीमा १४ झापामा ९ धनकुटा खोटाङ र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका ८ पुरुष र १ महिला कोरोना पोजेटिभ देखिए मोरङकै सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष र १ महिला, पथरी शनिश्चरेका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको धरानका ७ पुरुष र २ महिलामा संक्रमण देखिएको छ भने रामधुनीका ४ र इटहरीका १ पुरुषमा गरि सुनसरीमा कुल १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष र १ महिला, कमल गाउँपालिकाका १ पुरुष गरि ९ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएका प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button