तपाईँ सुन्दै हुनुहुन्छः

सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाइने

रुपन्देही । प्रदेश ५ कोरोना संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको संक्रमण फैलिनसक्ने आंकलन गर्दै पूर्वतयारीका लागि तयार रहन प्रदेश सरकारका निकाय र स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको संकट व्यवस्थापन केन्द्रले कम्तीमा २ सय बेड क्षमताका आइसोलेशन सेन्टर स्थापना गर्न यसअघि आग्रह नै गरेको थियो । यस्तै संक्रमण जोखिमको अवस्थालाई मूल्यांकन गरेर समुदायमा संक्रमण देखिएमा समुदायलाई नै शील गर्न केन्द्रले भनेको छ ।

नेपाल–भारतबीचका तोकिएका सीमानाकाबाट सुरक्षित आवागमनको व्यवस्था गरेर अभिलेख राख्न र हेल्थडेस्क राखेर चेकजाँचको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button