तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकराब  अमृत बोहोरा

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवम् पूर्व मन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकराबका कारण समस्या पैदा भएको बताउनु भएको छ ।

नेकपा क्षेत्र नं १ प्रदेश (क)द्वारा आयोजित बैठकमा बोल्नु हुँदै उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।

उहाँले पार्टीको हरेक नेता कार्यकर्ता बैठकबाट भाग्न नहुने बिचार व्यक्त गर्नुभयो ।

उक्त बैठकमा आफ्ना भनाइहरू राख्नु हुँदै पूर्व कानुन मन्त्री एवम् क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको, पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्नहरू बाहिर नआएकोमा आश्चर्य प्रकट गर्नुभयो ।

सांसद तामाङले जनभावना विपरीत गतिविधि गर्ने हरेक नेता कार्यकर्ता आफैँ समाप्त हुने समेत बताउनुभयो ।

सो बैठकमा पूर्व सांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना बिचार राख्नुभको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button