तपाईँ सुन्दै हुनुहुन्छः

भिडभाड बढ्न थालेपछि पर्यटकीय स्थलहरू प्रवेशमा रोक

कञ्चनपुर  । भिडभाड बढ्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा रहेका पर्यटकीय स्थलहरू प्रवेशमा रोक लगाइएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न र कोरोना भाइरस रोकथामका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाइएको वडाध्यक्ष बहादुर सिंह महराले बताउनुभयो ।

उक्त वडा भित्र पर्ने बतासे झरना, शुक्ला झरना, शुक्लाताल, निल ताल, मणिका ताल, सुनदेवी ताल, दन्ते गुफा, शिव लिङ्गा, धारा पानी पर्यटकीय क्षेत्र, मणिका धाम र थारु सङ्ग्रहालय प्रवेशमा रोक लगाइएको वडाध्यक्ष महराको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button