भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आज बाँके, बर्दिया, दाङ, सल्यान र कैलालीमा थप २० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
बाँकेमा दुई जना चिकित्सकसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कैलालीका दुई जना, बर्दिया, दाङ र सल्यानका एक/एक जनामा कोरोना पुष्टि भएको छ ।
तीन सय ४० स्वाब परीक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्