तपाईँ सुन्दै हुनुहुन्छः

गण्डक अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

बीरगंज । उपचारको क्रममा नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा हिजो मृत्यु भएकी ४५ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीरगंज महानगरपालीका वाडा नम्बर १५ भेडीयाही निवासी ४५ बर्षिय महिलाको मृत्यु पछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पिसीआर परिक्षणको क्रममा मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामी रहेकी महिलाको हिजो अचानक स्वासप्रस्वासमा समस्या भएपछि उपचारकोलागी अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएकोमा उपचारकै क्रममा महिलाको ज्यान गएको गण्डक कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

यसैगरी वीरगंजमा चिकित्सक स्वास्थ्यकर्मीसहित फेरी थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा थप ६ महिला सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालाले उपलब्ध गराएको पछिल्लो बिबरण अनुसार संक्रमितहुने हरुमा १८ वर्षका युवकदेखि ५० वर्ष उमेर समुहका महिला र पुरुष रहेका छन् ।त्यसैगरी पर्साको पोखरीया नगरपालिकाका २५ वर्षीय चिकित्सक लाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । पोखरीयामा २२ र २३ वर्षका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । यता नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् । पोखरीया नगरपालिका वडा नं १ का वडा अध्यक्ष बंका राउत कुर्मी लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा कन्ट्रयाक टे«सिङ्गको आधारमा गरिएको स्वाब संकलनको परीक्षण गर्दा २२, २६, २९, ३५ वर्षिय गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । यता बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका ३६ र ४० वर्षका पुरुष र ४८ वर्षकी महिला गरी ती जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ भने वीरगंजको छपकैया, विर्ता, श्रीपुर, आदर्श नगर, नगवा लगायतका स्थानका ११ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button