तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका अधिकांश भूभाग डुवानमा

कञ्चनपुर। आइतबार रातिदेखि परिरहेको अबिरल वर्षाका कारण कञ्चनपुर जिल्लाका अधिकांश भूभाग डुवानमा परेका छन् । पानीको समुचित निकास हुन नपाउँदा कयौं व्यक्तिका घरमा पानी पसेको छ भने बजार तथा सडकहरु समेत पानीले भरिएका छन् । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन नसकिरहेको अवस्था छ ।

महाकाली नदि सहित अन्य चुरे क्षेत्र हुँदै बग्ने दर्जनौँ नदि तथा खोलानालाहरूमा समेत जलस्तर वृद्धि भएको छ । यहाँका दोँदा, सुनबरा, स्याली, पथरैया, चौधर, बल्मा लगायतका नदिहरूमा पानीको बहाव बढेको छ । यी नदिनालाहरूमा नजान स्थानीय प्रशासनले सर्वसाधारण सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button