तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सोमबार राती १२ बजे देखि निषेधाज्ञा जारी


मकवानपुर । मकवानपुरमा सोमबार(भोली) राति १२ः०० बजेबाट निषेधाज्ञा जारी गरिएको छ । आईतबार जिल्लामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि भोली राती १२ः०० बजे देखि यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

सोमबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुमा आईतबार साँझ कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलगायत सुरक्षा निकाय एवम् अन्य सरोकारवाला सहितको आपतकालिन बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । हालका लागि जिल्लाको हेटौंडा उपमहानगरपालिकाका सम्पुर्ण वडा तथा मनहरी गाउँपालिकाको पुर्वपश्चिम राजमार्गको दाँयाबाँया क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

बाजार क्षेत्र लगायत सडकमा भीडभाड भएको भन्दै कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । सरोकारवाला सहित बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधित क्षेत्र घोषणा भएपछि जनता घर बाहिर ननिस्किन तथा हिँडडुल नगर्न आग्रह गरिएको छ । अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कन समेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । साथै आज बसेको बैठकले निषेधाज्ञा जारीसहित ट्रेसिङ तथा परिक्षण कार्यलाई तीब्रता दिने साथै आईसोलेसन वार्डलगायत अन्य व्यवस्थापनमा लाग्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नेपालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, हेटौंडा अस्पताल विकास समतिका अध्यक्ष तथा मेसुलगायत अन्य डाक्टरहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button