तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा समुदाय तहमा कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड १९) का थप १७ जना संक्रमित थपिएका छन् । गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रका २ सय २६ जनाको नमुना स्वाब संकलन गरिएको थियो । संकलन गरिएका मध्ये १ सय २७ जनाको रिपोर्ट आइतबार आएको हो । जसमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन गरिएका ६ जनाको स्वाब मध्ये ५ जनामा कोरोना देखिएको छ । साथै कृष्णनगरपालिकामा थप १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसंगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । आइतबार थपिएका कोरोना विरामी संघसंस्थामा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button