तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाका कारण ७० वर्षीया महिलाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाका कारण एक महिलाको मृत्युु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर २ की ७० वर्षीया महिलाको आज दिउँसो ३ बजे कोरोनाका कारण मृत्युु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

बाँकेमा यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुर गाउँपालिकाका एक पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button