‘उपत्यकमा जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएन’
काठमाडौं । काठमाडौ उपत्यका भित्र कोरोना संक्रमण विरुद्ध अपनाउनु पर्ने जनस्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रुपमा प्रयोग नभएको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्ययन अनुसार उपत्यकाका विभिन्न २३ वटा सार्वजानिक स्थलको अनुगमनका क्रममा कोरोना संक्रमण विरुद्ध अपनाइनु पर्ने जनस्वास्थ्यका मापदण्ड प्रभावकारी पालना नभएको पाईएको हो ।
परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले अध्ययन प्रतिवेदनबारे जानकारी दिनुहुदै तरकारी बजार,सपीङ्ग मल, बैंक, सरकारी तथा निजी अस्पताल, सार्वजानिक यातायात, होटल लगायतका स्थलको अवलोकनमा ७२ दशमलव १ प्रतिशतले मास्क प्रयोग गर्दा २७ दशमलव १ प्रतिशतमा मास्क प्रयोग नभएको जानकारी दिनुभयो ।
यस्तै सार्वजानिक स्थलमा ३१ दशमलव २५ प्रतिशत मात्र सामाजिक दुरी कायम गरेको र ६० प्रतिशत स्थलमा सावुन पानी र स्यानेटाइजरको व्यवस्था पाईएको डा. ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्