तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टोलीका सदस्यको कोरोना परीक्षण सोमबारबाट

फिफा विश्वकप छनोटका लागि तयारी गर्नुअगाडी अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीका सदस्यको कोरोना परीक्षण सोमबारबाट सुरु गर्ने भएको छ ।

एन्फाले पहिलो चरणमा कर्मचारीको परीक्षण गर्नेछ भने त्यसपछि खेलाडीको गर्ने भएको छ । सोमबार र मंगलबार गरेर २ चरणमा कोरोना परीक्षण गरिने एन्फाले जानकारी दिएको छ ।

भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेको एन्फाले काठमाडौं बाहिरका खेलाडी होटेलमा अहिले क्वारेन्टिनमा छन् भने उपत्यकाका खेलाडीहरु घरमा नै बसिरहेका छन् ।

खेलाडीको कोरोनाको पीसीआर परीक्षण पाटन अस्पतालमा गरिनेछ । अहिले ११ खेलाडी होटलमा बसेका छन् । २२ जना खेलाडी घरमा नै होम क्वारेन्टिनमा छन् ।

छनोटको तयारीका लागि अहिले ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खल्ने योजना छ ।

नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ । त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ । कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ ।

विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button