तपाईँ सुन्दै हुनुहुन्छः

बाँदर धपाउने यन्त्र बाँडेपछि किसानलाई राहत

बैतडी । वर्षौदेखि बाँदरले बालीनालीमा क्षती पुर्याईरहेका बेला बैतडीको दशरथचन्द नगरपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बाडेपछि राहत भएको छ । बितरण गरिएका उक्त यन्त्र प्रयोगबाट बाँदर भाग्न थालेपछि किसानलाई राहत भएको हो ।

बिषेश गरेर दशरथचन्द नगरपालिकाको वडा नं ५, ६ , ७ र ८ मा बाँदरले बढी क्षती पुर्याउदैं आएको थियो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेसिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ ।

विगत ७ वर्षदेखि बाँदर आतंक रहेकोमा हाल नियन्त्रणमा आएको दशरथचन्द नगरपालिकाका वडा नं ५ का पार्वती चन्दले बताउनुभयो । खेतमा लगाएको अन्नबाली, तरकारी र फलफुल सबै बाँदरले सखाप गर्न थालेपछि खेतिपाती गर्नै छाडेको भएपनि यो वर्षदखिे पुन खेतीपाती सुरु गरेको उहाँले बताउनुभयो ।

स्थानिय तहको चुनावमा उम्मेदवारहरुले बाँदर आतंक हटाउने कुरा आफ्ना धोषणा पत्रहरुमै उल्लेख गरेअनरुप नै दशरथचन्द नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ ।

बाँदरले वर्षौंदेखि बालीनाली नष्ट गरिरहेका किसानहरुको सजिलोका लागि २५ ओटा बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button