अर्का प्रदेश सांसदलाई पनि कोरोना संक्रमण

बाँके । प्रदेश नं. ५ की सांसद कृष्णा केसी (नमुना)लाई कोरोना संक्रमण भएको छ । बाँकेमा कोरोना बिरुद्धको अभियानमा सांसद नमुनाले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । दैनिक जसो उहाँ शहरदेखि गाउँसम्म कोरोना बिरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आउनुभएको थियो ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण बाट अछुतो नभएको र आफुलाई समेत कोरोना पोजिटिभ देखिएको बताउनुभयो । कोरोना रिर्पोट पोजिटिभ आएको भन्दै उनले एक हप्ता यता मेरो क्लोज कन्ट्रयाक्टमा रहेकालाई सेल्फ आइसोलेट गर्न र पिसिआर परीक्षण गर्न सल्लाह दिनुभएको छ । सांसद नमुनाले बाँकेमा कोरोना संक्रमण हुनुपूर्व नै राहत कार्यक्रम शुरु गर्नुभएको थियो ।
उक्त कार्यक्रमबाट धेरै नागरिकले राहत महसुस गरेका थिए । क्वारेन्टाइन, आइसोलेसन निर्माणदेखि ल्याव जस्ता काम सम्पन्न गर्न उहाँकोे महत्वपूर्ण भूमिका रहेको थियो । उहाँको निर्वाचन क्षेत्र समेत रहेको नरैनापुरमा कोरोनाको हटस्पट बन्दा त्यसलाई न्यूनिकरण गर्नदेखि बिद्युतीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्