नेकपा प्रदेश ५ कार्यालय शील
रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सत्तारुढ नेकपाको प्रदेश ५ कार्यालय आज शील गरिएको छ । बुटवल उपमहानगरपालिका नेतालाई कोरोना संक्रमण भेटिएपछि पार्टी कार्यालय शील गरिएको सो पार्टीले जनाएको छ ।
संक्रमण पुष्टि भएका नेता पार्टी कार्यालयका विभिन्न बैठक तथा कार्यक्रममा आउनेजाने भएकोले आइतबारदेखि ७२ घण्टाको लागि कार्यालय बन्द गरिएको नेकपा प्रदेश ५ कार्यालय सचिव बलाराम अधिकारीले बताउनुभयो । उहाँले यो बीचमा उहाँसँग नजिक रहनुभएको सबैलाई सुरक्षित रहन अनुरोध गरिएको बताउनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरको संक्रमण पत्ता लगाउन २ सय ३८ जनामा गरेको परीक्षणमा उनीसहित ४ जनामा संक्रमण पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्