तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत काम सम्पन्न


भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत काम सम्पन्न भएको छ ।

चिनियाँ निर्माण कम्पनीको ठेक्कामा काम भइरहेको विमानस्थलमा सिभिल इन्फ्स्ट्याचरको काम ९१ प्रतिशत भन्दा बढी भौतिक प्रगति हासिल गरिएको निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका प्रमुख प्रवेश अधिकारीले बताए ।

अहिले मुख्यतः हामीले धावन मार्ग, ट्याक्सी वेय, जहाज पार्किङ क्षेत्र, टर्मिनल भवन र कन्ट्रोल टावरका काम सम्पन्न गरेर उपकरण जडान र फिनिसिङका काम बाँकी रहेको छ । अधिकारीले भने, उपकरणहरू जडानमा दक्ष जनशक्ति आउनुपर्ने भएका कारण लकडाउन र अन्तर्राष्ट्रिय उडान नभएकाले रोकिएको छ । अब उडान हुने कुरा छ । हामी प्रयासमा छौँ । डिसेम्बरको अन्तिम सम्ममा काम सपन्न गर्ने गरी काम भइरहेको अधिकारीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button