तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

अछाम  – अछाममा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ मा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बयालपाटा अछामबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा साँफेबगर नगरपालिका वडा नम्बर ८ स्थित चिउरीनालो गाउँको माथिल्लो जङ्गलमा रहेको ओडारमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

भरुवा बन्दुक कसको हो भन्ने कुरा खुली नसकेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button