तपाईँ सुन्दै हुनुहुन्छः

भारतद्वारा नेपाली सेनालाई दशवटा आइसियु भेन्टिलेटर प्रदान

काठमाडौँ – कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दशवटा ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा प्रदान गर्नुभयो ।

मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीका रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्घ रहेको बताउनुभयो ।

प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button