तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ४ सय २ जनाले जिते कोरोना

नेपालगञ्ज । बाँकेमा आज थप १ जना कोरोना निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ४ सय २ पुगेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट नेपालगञ्ज १८ की २२ वर्षीया महिला निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उनी यातायात कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर हुन् । अब आइसोलेसनमा बाँकेका १ सय ६५ जना र बाहिरी जिल्लाका ४ जना गरी १ सय ६९ जना छन् । बाँकेमा हालसम्म ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button