तपाईँ सुन्दै हुनुहुन्छः

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

 

सिन्धुपाल्चोक । सल्यानबाट १७ गते जुगल आएका जुगल ५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजबाट बन्द गरिएको छ ।

शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित ५ नम्बर वडा कार्यालय समेत बन्द गरिएको हो । ५ नम्बर वडामा नै गाउँपालिका कार्यलय रहेकाले गाउँपालिका कार्यलय पनि बन्द गरिएको हो ।

भदौ १ गते बाट भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनु?प सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीह?ले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरू सिन्धुपाल्चोक आएको जुगल ५ का वडाध्यक्ष सनत अधिकारीले बताउनुभयो ।

उनीहरूले धेरै मानिसहरूसँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशालामा उपचाररत छन् भने, एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button