तपाईँ सुन्दै हुनुहुन्छः

भाँगावनमा खानेपानी ट्याङ्की निर्माण   

ललितपुर । गोदावरी नगरपालिका वडा नं १० स्थित भाँगावनमा १५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएकोे छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ को सहयोगमा उक्त ट्याङ्की निर्माण सम्पन्न भएको हो ।

ट्याङ्की निर्माण र वितरणका लागि हालसम्म रु नौ लाख ४० हजार खर्च भएको भाँगावन पर्यटन विकास समितिका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान र वनभोजस्थल निर्माण गर्ने उद्देश्यका साथ हामीले टाहाखेलदेखि सिँढी निर्माणको काम धमाधम गरिरहेका छाँै ।” गत आर्थिक वर्षमा वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट विनियोजित रु ३० लाखले हालसम्म आधा बाटो सिँढी निर्माणको काम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“ट्याङ्कीको पानी हाल भने वरिपरि भइरहेको विकास निर्माणका कामका प्रयोग गर्नुका साथै नजिकै रहेका सुकुम्वासी बस्ती र वडा नं ६ फौडोलका जनतालाई समेत वितरण गर्ने भएका छाँै”, उहाँले भन्नुभयो, “कान्ति राजपथबाट भाँगावनको शिरमा पुग्न ८७५ मिटर उचाइ पार गर्नुपर्छ ।”

सो स्थललाई रमणीय र हराभरा बनाउन दाताको सहयोगमा १८ देखि २० वटा कुर्ची र ट्रष्ट हाल्ने काम पनि छिट्टै शुरु गरिने छ ।
ललितपुर क्षेत्र नं १ (ख) प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले शनिबार उक्त ट्याङ्कीको शुभारम्भ गर्दै गोदावरी विकासमा यी विभिन्न योजनाले निकै सहयोग पु¥याउने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रमा धार्मिक, पर्यटनका साथै कृषि क्षेत्र विकासका लागि हामी दिनरात खटेको छौँ ।” वडा नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले अरुले औँला ठड्याउन नसक्ने गरी उपभोक्ता समितिले काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button