तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिको प्रयोगबाट संक्रमितलाई स्वास्थ्य सेवा

सुनसरी । इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कुनै लक्षण नदेखिएका कोरोना संक्रमितलाई सूचना प्रविधिको प्रयोगबाट सेवा दिन थालेको छ ।

अस्पतालमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल माफर्त स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. मनिषकुमार शर्माले बताए ।

इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा रहेका र संक्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिएकालाई इटहरीमा आवश्यक मापदण्ड पूरा गरेर घरमै बस्न मिल्ने व्यवस्था गरिएको छ ।

होम आइसोलेशनमा रहेका संक्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरिने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले बताए ।

संक्रमितहरुलाई मोवाइल न. ९८५२०७३२४८ वाट्स अप वा भाइवर कल मार्फत समेत परामर्श दिइने इमरजेन्सी प्रमुख धमलाले बताए ।

हालसम्म इटहरी क्षेत्रमा संक्रमितको संख्या २८ पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button