बाँकेमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपालगन्ज । बाँकेमा आज थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा नेपालगन्जका १७ जना र कोहलपुरमा तीन जनामा कोरोना देखिएको हो ।
सङ्क्रमित हुनेहरुमा ३ वर्षीया बालिकादेखि ५२ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै भेरीमा गरिएको परीक्षणमा बर्दियामा दुई जनामा पनि कोरोना देखिएको छ । गत २४ घण्टामा तीन सय जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्