रुपन्देहीबाट सम्पर्कविहीन दुई जना सङ्क्रमित आठ दिनपछि सम्पर्कमा
रुपन्देही । कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ आएर सम्पर्कविहीन भएका दुई जना सङ्क्रमित सम्पर्कमा आएका छन् ।
भारतको नौतनवा पुगेर फोन सम्पर्क गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल इन्चार्ज केदारनाथ शाहले जानकारी दिनुभएको छ ।
साउन १६ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा शुल्क तिरेर उनीहरूले पिसीआर परीक्षण गराएका थिए । भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थाहा पाउनासाथ फोन स्विच अफ गरी उनीहरू सम्पर्कविहीन भएका थिए ।
सङ्क्रमितहरूले भारतीय नम्बरबाटै आफूलाई फोन गरेको शाहले बताउनुभयो । उनीहरूसँग सम्पर्क हुनसाथ मैले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्