तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा कार दुर्घटना : ३ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा कार दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ ।

रुपन्देही रोहिणी गाउाँपालिका वडा नं. ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको हो ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने ३ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ । दुर्घटनामा परि रुपन्देही ओमसतिया ४ का २६ को देवेन्द्र चौधरीका मृत्यु भएको छ । अन्य २ जनाको परिचय खुल्न बाँकी छ । घाइते रुपन्देही सिद्धार्थ न.पा. ४ का ३० वर्षीय अनिल यादवको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button