तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ताको कार्य जारी

कञ्चनपुर । कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहहरुमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको कार्य जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार नौ वटै स्थानीय तहहरुमा आवश्यक सामग्री र उपकरण सहित जम्मा ८६ जना कम्प्युटर अपरेटर परिचालन गरी राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको कार्य जारी राखिएको छ ।

गत चैत्रबाट शुरु गरिएको विवरण दर्ताको काम बन्दाबन्दीको समयमा स्थगित गरिएको थियो भने असार अन्तिम सातादेखि पुनः विवरण दर्ताको काम सुचारु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनु भयो ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियानमा कञ्चनपुर जिल्लाभर हालसम्म १६ हजार भन्दा बढी मानिसहरुले विवरण दर्ता गराइसकेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button