निषेधाज्ञा अवज्ञा गर्ने २ सय बढीलाई कारवाही

बाँके । बाँकेमा शुक्रबार बिहानै निषेधाज्ञा पालना नगर्ने करिव २ सयलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा निषेधज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको सँख्या ह्वात्तै बढेपछि जिल्लामा जारी गरेको निषेधाज्ञा कार्यान्वयन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना आफै फिल्डमै खटेर यसरी अवज्ञा गर्नेलाई कारवाही थालिएको हो ।
‘शुक्रबार बिहानैदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ्ग गरी राखिएको छ भने केहीलाई क्वारेन्टाईन पठाईएको छ’– प्रहरी प्रमुख रानाले भन्नुभयो । उनले अत्यावश्यक बाहेकका सेवा र पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उल्लंघन ऐन अन्र्तगत सय रुपैया जरिवाना लिएर छाडिएको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्