भन्सार छली ल्याएको सुर्ती बरामद
सुनसरी । सुनसरीमा निषेधित क्षेत्र घोषणाको बीचमा चोरी तस्कारी गर्नेहरुले भन्सार छलि ल्याएकोे सुर्ती प्रहरीले बरामद गरेको छ ।
विहीबार रातीको समयमा भन्सार छलि गरी नेपालतर्फ सुर्ती लगायतका सामान ल्याउदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले भन्सार छलि ल्याएको सुर्ती बरामद गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा सुनासरीको इनरुवा ९ बविया चोकबाट को.१ ज ३५०३ नम्बरको सवारी चालक इटहरी १७ का ३५ वर्षिय कृष्णा कुमार साह सहित भन्सार छलि ल्याएको सुर्ती बरामद गरेको जनाएको छ ।
प्रहरीले गाडी र २४ बोरा सुर्ती तथा २० बोरा भुजा सहितका सामान फेला पारी बरामद गरेर शुक्रबार चालक साह सहित सामान आवश्यक कारवाहिको लागि सेतुवन्ध भन्सार कार्यालय कोशीव्यारेज सुनसरी पठाईएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्