बाँकेमा थप चार जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप चार जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ९८ पुगेको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट कोहलपुर ९ की ४१ र ४७ वर्षीया महिला तथा नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का १८ बर्षीय पुरुष र नेपालगञ्जकै वडा नम्बर ११ का ४० बर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
अब आइसोलेसनमा बाँकेका ९८ जना र बाहिरी जिल्लाका ४ जना गरी १ सय २ जना छन् । बाँकेमा हालसम्म ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्