ओखलढुंगामा यौन हिंसाका घटना बढे
ओखलढुंगा । ओखलढुंगामा लकडाउनको समयमा यौनजन्य घटना बढेका छन् । जिल्लाप्रहरी कार्यालयको तथ्याङकअनुसार विगतको तुलनामा लकडाउनको समयमा यौन हिंसाका घटना बढेकाहुन् ।
२०७६ चैत्र महिनादेखि अहिलेसम्म १३ वटा यौनजन्य घटनाका उजुरी प्रहरीमादर्ता भएका छन् । लकडाउनको समयमाबाल यौन दुरुपयोग र अप्राकृतीकमौथुन जस्ता फरक प्रकृतिका पनिउजुरी आएको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पछिल्लो ४ महिनामाओखलढुंगामा १० बर्षमुनीका ३ जनाबालिका यौन हिंसामा परेका छन् ।
त्यस्तै १० देखी १८ बर्षसम्मका बालिका पीडित भएका ६ वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये एक वटा बाल यौन दुर्ब्यवहार सबन्धीको मुद्धा छ ।
प्रहरीको तथ्यांकअनुसार १८ देखि ३० बर्षसम्मका २ र ३० देखि ५० बर्षसम्मका महिला पीडित भएका दुईवटा मुद्धा दर्ता भएका छन् ।
यौनजन्य घटनामा १० देखि १८ बर्षसम्मका ५ जना बालक संलग्न रहेको पाईएको छ । १८ देखि ३० बर्षसम्मका ६ र ५० बर्षमाथीका ६ जनापुरुष यौन हिंसामा संलग्नभएको प्रहरीको तथ्याकंमा उल्लेख छ ।
घटनामा संलग्नभएकामध्ये एक जना फरार छन् भने ३ जनाथुनामा रहेका छन् । ५ जनाबालकबाल सुधारगृह तथा अन्य संलग्न व्यक्तीहरु जिल्ला कारागारमा छन् ।सबै घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्