तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ का मन्त्री कार्की होम आइसोलेशनमा


सुनसरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले साउन १६ गते पछि मन्त्रीसँग भेटघाट गर्ने र प्रत्यक्ष सम्पर्कमा पुग्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

केही दिन पहिले काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं. २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सक्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेसनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button