तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (निर्णयसहित)

काठमाडौँ । सरकारले निजी तथा सरकारी रुग्ण उद्योगका समस्या र सञ्चालन उपायबारे मोडालिटीसहितको अध्ययन प्रतिवेदन पेस गर्न पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले बेरुजु फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने र स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो ।

सरकारले नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी सात वटा राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय गर्नुसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ४२ जना राजपत्राङ्कित अधिकृतहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

यसै गरी सरकारले सहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना र कार्यक्रम सञ्चालनका लागि राजपत्राङ्कित पदका दुई सय ९२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्ले प्रशासकीय अदालत नियमावली, २०७६ स्वीकृत गर्ने , वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्ने र सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यको नर्म्स स्वीकृत गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री डा. खतिवडाले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (निर्णयसहित):

प्रतिक्रिया राख्नुहोस्

Back to top button