शसस्त्र प्रहरी जवानमा कोरोना भेटिएपछि सो क्षेत्र शिल

फिक्कल । इलामको सूर्योदय नगरपालिका ११ स्थित शसस्त्र प्रहरी बल आईतबारेमा कार्यरत प्रहरी जवानमा कोरोना भेटिएपछि सो क्षेत्र शिल गरिने भएको छ ।
शसस्त्र प्रहरी बल आईतबारेमा कार्यरत ३३ बर्षिय प्रहरी जवानमा कोरोना भाईरस पोजेटिभ देखिएपछि आज बिहिबार साझ ५ बजे देखि लागु हुने गरि तीनघरे बजार क्षेत्र शिल गर्ने निर्णय भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलले जानकारी दिनु भयो ।
आज नगरपालिकामा नगर कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । जवानमा कोरोना देखिए पछि समुदायमा नफैलियोस भन्ने उदेश्यले तत्काललाई प्रभावित क्षेत्रमा शिल गर्ने निर्णय गरिएकको नगर प्रमुख रण बहादुर राईले जनाकारी दिनु भयो ।
नगरको वडा नम्बर ११ को आईतबारे बजारको दक्षिण पुर्व मेचि राजमार्ग APF Post दक्षिण पश्चिम मेचि राजमार्गबाट आईतबारे बजार छिर्ने मुख, उत्तर आईतबारे पुरानो धारा, पुर्व उत्तर पुर्णे डाँडा पानी टयाङकी क्षेत्रमा अर्को सुचना जारी नभए सम्मको लागि शिल गर्ने निर्णय भएको हो ।
समुदायमा कोरोना नफैलियोस भनेर शिल गरिएको र यस बिच उक्त जवानको तथा प्रहरी क्याम्पको सम्पर्कमा आएकाहरुको पहिचान गरेर परिक्षण गर्ने नगरले जनाएको छ । जवानमा नै कोरोना भेटिएपछि समुदायमा भने त्रास बढेको छ ।









प्रतिक्रिया राख्नुहोस्