तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा दुई सय ३४ जनाको एकैसाथ स्वाब सङ्कलन

रुपन्देही । समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिए र नफैलिएको अध्ययन गर्न बुटवलमा दुई सय ३४ जनाको एकैसाथ स्वाब सङ्कलन गरिएको छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले बुटवल उपमहानगरपालिकामा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरूको स्वाब पीसीआर परीक्षणका लागि सङ्कलन गरेको हो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा यसको व्यवस्थापन गरिएको अध्यक्ष सूर्य भट्टराईले बताउनुभयो ।

पीसीआर परीक्षणपछि आउने रिपोर्र्टले बुटवल क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिए र नफैलिएको प्रस्ट हुने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताउनुभयो ।

समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिए र नफैलिएको अध्ययन गर्न प्रदेश ५ का अरू जिल्लाहरूमा पनि स्वाब सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button