बढि मुल्य लिने व्यवसायीलाई कारबाही

काठमाडौं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले बढि मुल्य लिने, बीलविजक जारी नगर्ने र व्यवसाय दर्ता नगरी कारोवार गर्ने व्यवसायीलाई कारबाही गरेको छ ।
तोकेभन्दा बढी मूल्य लिने लाजिम्पाटस्थित मुगल एम्पाएर मल्टी क्युसिन रेष्टुरेन्ट र बिलविजक जारी नगर्ने तथा म्याद सकिएको समानसमेत बिक्रि गर्ने भक्तपुरको मध्यपुर ठिमीस्थित झिगु फार्मेसीलाई २÷२ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यसैगरी व्यवसाय दर्ता नगरी कारोबार गर्ने मदन कार्कीको खाद्यान्न पसल र बुढानिलकण्ठ मिनिरल वाटर प्रालिलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै खरिद बिल प्रयोग नगरी कारोबार गर्ने भक्तपुर ठिमीको गुडमर्निङ स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्