गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सङ्ख्या १५७५ पुग्यो

तनहुँ । गण्डकीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अपडेट अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको पीसीआर परीक्षणमा गण्डकी प्रदेशका पाँच वटा जिल्लाका छ जना पुरुष र तीन जना महिला र नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्ट भएको निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण पुष्टि हुनेहरूमा कास्की जिल्लाको पोखरा महानगर–८ का तीन पुरुष र एक महिला, स्याङ्जाको फेदी खोलाका दुई पुरुष, तनहुँको व्यास–४ की एक महिला र गोरखाका एक जना महिला तथा पर्वतका एक पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
तनहुँमा बिहीबार थपिने नयाँ सङ्क्रमित व्यास–४ की २७ वर्षीया महिला भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भारतबाट आएर क्वारेनटाइनमा बसेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।
योसँगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ८४ जना पुगेको छ । त्यस्तै कोरोना भाइरसलाई जितेर निको भई घर फर्किनेको सङ्ख्या एक सय ६६ जना रहेका छन् ।
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ७५ पुगेको छ । सङ्क्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्