जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ पाण्डव गुफास्थित कोटघर स्वास्थ्य चौकीलाई सिल गरिएको छ ।
कनकासुन्दरी गाउँपालिका–३ की एक महिलालाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य चौकीसँगै आसपासका क्षेत्रलाई अनिश्चित रूपमा सिल गरिएको स्वास्थ्य चौकी प्रमुख पद्मा रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य चौकी तथा आपसापका क्षेत्रमा सिल गरिएसँगै अनिश्चितकाका लागि सबै आकस्मिक सेवाहरू पनि बन्द गरिएको छ ।
सङ्क्रमित महिला पिसिआर जाँच गर्नु पहिलो स्वास्थ्य चौकीमा उपचारका लागि आएका कारण अहिले कोरोना पोजेटिभ हुँदा स्वास्थ्य चौकी सिल गरिएको हो ।
सरकारले साउन ६ गते लकडाउन अन्त्य गरेसँगै पुर्वसर्तकता नअपनाएकै कारण कोरोना मुक्त भइसकेको जुम्लामा पुनः कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना मुक्त जिल्ला घोषणापछि अवस्था सामान्य भइसकेको जुम्लामा पुनः त्रास छाएको छ ।
सङ्क्रमित महिला स्वास्थ्य चौकी र गाउँमा समेत गएका कारण आसपासका क्षेत्रमा समेत कोरोना फैलिन सक्ने भन्दै कोट घर स्वास्थ्य चौकी क्षेत्रलाई नै सिल गरिएको हो ।
प्रशासनले हाल अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्