तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा फैलियो समुदायस्तरमै कोरोना सङ्क्रमण

 

सर्लाही । सर्लाहीमा करोना सङ्क्रमण समुदाय स्तरमै फैलिएको छ । बुधवार बरहथवा नगरपालिकामा एकै पटक २६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको र ती मध्ये सबै समुदायमै घुलमिल भएको व्यक्ति भएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले जानकारी दिनुभयो ।

अधिकृत भुजेलका अनुसार वडा नं. ७ मा सबैभन्दा बढि ११ जना,वडा नं.५ मा ६ जना, वडा नं. १८ मा २ जना,वडा नं. १७ मा १ जना र बरहथवा नगरपालिका बस्दै आएको हरिपुरका ४ जना,बलराका १ जना र कौडेनाका १ जना गरी जम्मा २६ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।


बुधवार थपिएको कोरोना सङ्क्रमितहरू २६ जनामध्ये १ जना वडा अध्यक्ष र वडा अध्यक्षको छोरा, मालपोत कार्यालयका २ जना कर्मचारी, सहकारी संस्थाका ५ जना कर्मचारीहरू , विद्यार्थी २ जना, व्यापारी ८ जना, फार्मेसीमा काम गर्ने २ जना कर्मचारी, गुहणी र बालबालिका गरी ५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको बरहथवा नगरपालिकाका जनस्वास्थ्य अधिकृत सत्यनारायण यादबले जानकारी दिनुभयो ।

पहिलो चरणमा १ सय ७४ जना व्यक्तिको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडांै कोरोना परीक्षणको पठाएका थियौ, जसमा केही सङ्क्रमित व्यक्तिहरुका सम्पर्कमा आएका व्यक्तिहरूको कनट्र्याक्ट टे«सिङ्ग गरी २ सय २ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको लागि पठाउँदा बुधवार २६ जनामा कोरोना सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत यादवले बताउनुभयो ।

सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्टयाक्ट टे«सिङ्ग आज गरिने बरहथवा नगरपालिकाले जनाएको छ ।यस अघि बरहथवाकै ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यसैगरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सर्लाही जिल्लावासीहरूलाई कोरोना भाइरसबाट सर्तक रहन आग्रह गर्नु भएको छ । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थालेपछि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नगर्ने जो सुकैलाई कानुनी उपचार गरिने भन्दै उहाँले स्वास्थ्य सावधानी अपनाउन र सरकारी निर्देशनको पालना गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button