दैलेखमा सलह किराले मकै वाली नष्ट गर्न थालेपछि किसान चिन्तित

दैलेख । दैलेखका विभिन्न भागमा रहेको मकै बालीमा सलह किराहरू प्रवेश गरेर मकै वाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।
हिजो मङ्गलवार साँझ दैलेखको दक्षिणी सिमाना सुर्खेत र पूर्वको जाजरकोट मज्कोट सिमानाबाट हजारौँको सङ्ख्यामा देखिने सेतो रङ्गको सलह किरा दुल्लू नगरपालिकाको वडा न. ३, ४, ५, ७ , ८ , र ९ को मकै बालीमा प्रवेश गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
सलह किरा मकै बालीमा देखिएपछि स्थानीय बासिन्दाहरूले सलह किराहरू धपाउन रात भर मकै बारीमै आगो बालेर रात बिताएका छन् भने रातभर दमाहा, टेम्को, थाली, कचौरा जस्ता आवाज सुनिने साधनहरू बजाएर धपाउने प्रयास गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्