तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ७५.५९ प्रतिशत मुद्दा फर्छ्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष ०७६/०७७ मा ७५.५९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलासले आज कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो ।

अदालतले गत वर्षको जिम्मेवारी सरिआएका ८८ थान मुद्दा भने कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण सबै फैसला गर्न नसकेको जनाएको छ ।

गत वर्षको जिम्मेवारी सरिआएका ९६.५९ प्रतिशत मुद्दाको मात्र फैसला गर्न सकेको कार्यालयका रजिस्ट्रार शम्भु प्रसाद बरालले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा धनकुटा इजलासलाई छिटो, छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने इजलासको रूपमा विकास गर्ने मुख्य न्यायाधीश निता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै निवेदन ६०, प्रतिवेदन ५७ र फुटकर निवेदन ७ वटा दर्ता भएकोमा सबै फर्छ्यौट भएको समेत जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button