पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण
सुनसरी । सुनसरीमा कोरोना भाइरसको त्रासका बीचमा जोखिम मोलेर अग्रपङतिमा काम गर्ने पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
इटहरीका सक्रिय सञ्चारकर्मिहरूलाई बुधबार स्किल क्याम्पस र गोक्यो इन्टरनेशनल स्कुलले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।
कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवस्थामा समेत जोखिमको समयमा जनतालाई सूचना सम्प्रेषणका लागि अग्रपंतिमा रहेर खटिने सञ्चारकर्मीलाई जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री वितरण गरिएको हो ।
इटहरी क्षेत्रमा सक्रिय ३० जना सञ्चारकर्मीलाई झोला, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर, डायरी, कलम लगायत सञ्चारकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरिएको स्कील क्याम्पसका सीइओ पृथ्वी पराजुलीले जानकरी दिनुभयो ।
यस्तै स्कील क्याम्पसले पत्रकार महासंघ सुनसरीलाई ५ लिटर सेनिटाइजर, एन ९५ मास्क १ सय थान र सर्जिकल मास्क समेत हस्तान्तरण गरेको छ । स्कील क्याम्पसले इटहरीमा रहेर विशेष गरि होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्